श्रीमान् श्रीमतीको झगडा हुँदा श्रीमानको मृत्यु

श्रीमान् श्रीमतीको झगडा हुँदा श्रीमानको मृत्यु

दैलेख । दैलेखको नौमूले गाउँपालिका–४ मा श्रीमान् श्रीमतीबीच झगडा हुँदा श्रीमानको ज्यान गएको छ । कालिका गाउँका ३८ वर्षीय भीमबहादुरको ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार गएराति भीमबहादुर र श्रीमती ३५ वर्षीया सीता योगीबीच झगडा भएको थियो ।

श्रीमान् भीमबहादुरले  पहिला पिटेपछि सीताले पनि श्रीमानलाई पन्यूँ र दाउराले प्रहार गरेकी उनीहरुका छोराछोरीलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्जार्ज प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्सालले जानकारी दिए ।

सीतालाई प्रहरीले पक्राउ गरेको छ ।