सिमानाकाबाट करिब ४ लाख बराबरका सामान बरामद

सिमानाकाबाट करिब ४ लाख बराबरका सामान बरामद

महेन्द्रनगर । कञ्चनपुर सिमानाकामा भारतबाट अवैध रूपमा नेपाल भित्राई रहेका करिब चार लाख बराबरका विभिन्न सामग्री बरामद गरिएको छ ।

सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म गड्डाचौकीको टोलीले ३ लाख ९७ हजार ९ सय बराबरका विभिन्न कम्पनीका २ सय ३० जोर जुत्ता, ३२ किलो मकैको बिउँ, १ सय ९४ केजी पेठा मिठाई, १ सय केजी चिनी, ४४ केजी तिलसिक्री मिठाई, १३ केजी नरिवल, ३० केजी प्लास्टिकका पन्नीहरु बरामद गरेको हो ।

आज सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म गड्डाचौकीका सशस्त्र प्रहरी नायब उपरीक्षक सुदन आचार्यको कमान्डमा खटि गएको ९ जनाको मोबवाईल गस्ती टोलीले उक्त सामग्रीहरू बरामद गरेको हो ।

भीमदत्त नगरपालिका ११ चौकी सत्ता सीमा इलाकामा भारतबाट अवैध रूपमा नेपालमा भित्राई रहेको अवस्थामा बरामद गरेको हो ।

बरामद गरिएको सामग्रीहरूलाई आवश्यक कारबाहीका लागी कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा बुझाइएको छ ।