सुदूरपश्चिम प्रदेशमा नदीजन्य पदार्थमा कबुल रकमको २० प्रतिशत ठेकेदारले अग्रिम भुक्तानी गर्नुपर्ने

सुदूरपश्चिम प्रदेशमा नदीजन्य पदार्थमा कबुल रकमको २० प्रतिशत ठेकेदारले अग्रिम भुक्तानी गर्नुपर्ने

धनगढी । सुदुरपश्चिम प्रदेशमा नदीजन्य पदार्थको ठेक्काका लागि कबुल रकमको २० प्रतिशत अग्रिम दाखिला गर्नुपर्ने भएको छ ।

आज बसेको मन्त्रीपरिषदको बैठकले ८० प्रतिशत कबुल रकम वाफत व्यवसायीबाट ठेक्का अवधि भरका लागि मान्य हुने गरि निर्णय गरेको हो ।

प्रदेश सरकारका प्रवक्ता शिवराज भट्टले आज बसेको मन्त्रीपरिषदको बैठकले नदि जन्य पदार्थ ब्यवस्थापन पहिलो संशोधन कार्य विधि २०८० पारित गरेको जानकारी दिए ।

उनका अनुसार जसमा कबुल रकममा लाग्ने पुरै कर रकम र कबुल रकमको २०% रकम दाखिला गर्न लगाई बाकी ८०% कबुल रकम बाफत ब्यवसयीबाट ठेक्का अवधी भरको लागि मन्य हुने गरि स्वीकृत गरिएको छ । 

यसअघि पुरै कर रकम र  कबोल रकमको ५०% दाखिला गर्न लगाई बाकी ५०% कबोल रकम बाफत ब्यवसायीबाट ठेक्का अवधी भरको जमानत लिई दोस्रो किस्ताको कबोल रकम दाखिला गर्नु पर्ने ब्यवस्था गरिएको थियो ।