टीकापुर घट्नाका दोषीको कैद मिनाहा गर्ने निर्णयमा सर्वोच्चद्धारा कारण देखाऊ आदेश

टीकापुर घट्नाका दोषीको कैद मिनाहा गर्ने निर्णयमा सर्वोच्चद्धारा कारण देखाऊ आदेश

धनगढी। सर्वोच्च अदालतले टीकापुर घट्नामा संलग्न तीन जनालाई आममाफी दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा कारण देखाउ आदेश जारी गरेको छ ।

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसको अवसर पारी कैद मिनाहा गरिदिएपछि हरिनारायण चौधरी, वीरबहादुर चौधरी, प्रदीप चौधरीलगायत गत असोज ३ गते रिहा भएका थिए ।

टीकापुर नरसंहारमा मारिएका नेपाल प्रहरीका इन्सपेक्टर केशव बोहराकी श्रीमती शारदा कडायत लगायतले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले उक्त आदेश जारी गरेको हो ।

२०७२ भदौमा कैलालीको टीकारपुरमा ८ सुरक्षाकर्मी र एक दूधे बालकको ज्यान जाने गरी भएको उक्त हत्याकाण्डमा जन्मकैद सजाय सुनाइएका रेशम चौधरी गणतन्त्र दिवसको अवसरमा सजाय मिनाहा पाएर गत जेठ १५ गते नै छुटेका थिए ।

रेशम चौधरीको कैद मिनाहा गर्ने राष्ट्रपतिको निर्णय बदर हुनुपर्ने माग राखी टीकापुर घटनामा श्रीमान् गुमाएकी शारदा कठायतले गत जेठ १६ गते नै सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।