अनलाइनबाट ठगी गर्ने नौ जना पक्राउ

अनलाइनबाट ठगी गर्ने नौ जना पक्राउ

धनगढी । धनगढीबाट अनलाइनबाट ठगी गरेको आरोपमा ९ जनाको समूहलाई प्रहरीले पक्राउ गरेको छ । धनगढी उपमहानगरपालीका वडा नम्बर ५ तारानगरमा कञ्चनपुरको बेल्डाडी गाउँपालिका वडा नम्बर २ बस्ने ३० वर्षीय विशाल सुनार समेतले अवैध रुपमा सञ्चालन गरेको प्रदेश अनुसन्धान प्रहरी (आरईटी) सेन्टरबाट नौ जनालाई पक्राउ गरिएको कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदिप चन्दले जानकारी दिए ।

उनकाअनुसार पक्राउ पर्नेमा डोटीको शिखर  नगरपालिका वडा नम्बर १० का २१ वर्षीय प्रसान्त बलायर, भारतको दिल्ली पालङ्गा बस्ने ३२ वर्षका अमित कुमार, भारतको उत्तमनगर दिल्ली बस्ने  २६ को कुनाल शर्मा, भारतकै करोलबाग दिल्ली बस्ने बर२४ को निखिल कुमार रहेका छन् ।

यस्तै भारतको दिल्ली बस्ने  १९ वर्षीय प्रियंसु टापु,  कञ्चनपुरको पुर्नवास नगरपालिका वडा नम्बर ६ बस्ने २९ वर्षीय  मिन बहादुर सुनार, बेलडाडी गाउँपालिका वडा नम्बर २ बस्ने ३० को विशाल सुनार,  २८ को कमल सुनार र २२ वर्षीय  जयराम सुनाररहेको डीएसपी चन्दले बताए ।

उनीहरूले अवैध रूपमा आरईटी सेन्टर सञ्चालन गरी विभिन्न बहानामा मोनी लाउण्डरिङ्, बिमा दुर्घट्ना लगायत बिषयमा प्रलोभनमा पारी  पोल्याण्ड लगायतका नागरीकलाई अनलाईनमार्त ठगी गर्ने गरेको प्रहरीले जनाएको छ
पक्राउ परेका सबैलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।