डोटीमा जबरजस्ती करणी गरेको आरोपमा तीन जना पक्राउ

डोटीमा जबरजस्ती करणी गरेको आरोपमा तीन जना पक्राउ

डोटी ।  किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय डोटीले तीन जनालाई पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक सिताराम विष्टका अनुसार पक्राउ पर्नेहरूमा डोटीको बडीकेदार गाउँपालिका–२ का १८ वर्षीय किशोर,  १९ वर्षीय करन साउद र २६ वर्षीय प्रेम धामी रहेका छन् ।  

मङ्सिर १ गते साँझ तीनै जनाले १७ बर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोप रहेको प्रहरीले जनाएको छ ।

पीडितको जाहेरीका आधारमा मङ्सिर २ गते प्रहरीले तीनै जनालाई नियन्त्रण लिएको हो । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।