कञ्चनपुरका विपिनको अवस्था यकिन गर्न सकिएन, खोजी जारी छ : दूतावास

कञ्चनपुरका विपिनको अवस्था यकिन गर्न सकिएन, खोजी जारी छ : दूतावास

काठमाडौँ । इजरायलमा हमास समूहको बन्धकमा रहेका भनिएका नेपाली विद्यार्थी विपिन जोशी अझै फेला नपरेको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ। 

इजरायलयको तेल अभिभस्थित नेपाली दूतावासले आज जारी गरेको विज्ञप्तिमा गत अक्टोबर ७ मा हमास समूहले आक्रमण गरी बन्धक बनाएर गाजातर्फ लगिएका कञ्चनपुरका विपिनको पछिल्लो अवस्था एकिन गर्न नसकिएको जानकारी दिइएको हो।

 ‘७ अक्टोबर २०२३ मा दक्षिणी ईजरायलको किबुत्ज–अलुमिममा हमास समूहले आक्रमण गरी बन्धक बनाएर गाजातर्फ लगेकाहरूमध्येमा नेपाली विद्यार्थी श्री विपिन जोशी पनि रहेको इजरायल डिफेन्स फोर्सका प्रवक्ताले जानकारी दिएका छन्’, दूतावासको विज्ञप्तिमा भनिएको छ, ‘तथापि, श्री जोशीको पछिल्लो अवस्थाबारे यकिन गर्न नसकिएको, निज हालसम्म पनि सम्पर्कविहीन नै रहेको र खोजी कार्य जारी रहेको बेहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ।’

यद्यपि उनको खोजी जारी रहेको दूवतावासले जनाएको छ। 

May be an image of text that says "नेपाली राजदूतावास तेल अविव, इजरायल Embassy of Nepal Tel Aviv, Israel विज्ञमि ७ अक्टोबर २०२३ मा दक्षिणी ईजरायलको Kibbutz-Alumim मा हमास समूहले आक्रमण गरी बन्धक बनाएर गाजातर्फ लगेकाहरु भध्येमा नेपाली विद्यार्थी श्री विपिन जोशी पनि रहेको ईजरायल डिफेन्स फोर्सका प्रवक्ताले जानकारी दिएका छन| तयापि, श्री जोशीको पछ्िल्लो अवस्थावारे यकिन गर् नसकिएको, निज हालसम्म पनि सम्पर्क विहिन नै रहेको खोजी कार्य जारी रहेको व्यहोरा सम्वन्धित सवैलाई जानकारी गराइन्द। नेपाली राजदूतावास तेल अविब, ईजरायल। २०5०।०६।०४ Textile Center Building, Kaufman St. Tel Aviv, 6801294 Tel,(+972)35100111, Fax. (+972)35167965, Email: nepal.embassy@012.net.il Website: www.il.nepalembassy.gov.np"