कञ्चनपुरमा एक महिलामाथि चक्कु प्रहार

कञ्चनपुरमा एक महिलामाथि चक्कु प्रहार

कञ्चनपुर । कञ्चनपुरमा एक महिलामाथि चक्कु प्रहार भएको छ।

जिल्लाको शुक्लाफाँटा नगरपालिका वडा नम्बर- ७ स्थित शान्तिपुरमा सोमबार विहान घर नजिकै ४८ वर्षीया जानकी देवी भण्डारीमाथि चक्कु प्रहार भएको हो।

बाटोमा हिँडिरहेको बेला उनको पिठ्युमा चक्कु प्रहार भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक ईश्वर थापाले बताए।

उनको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको जनाइएको छ । चक्कु प्रहार गर्ने सोही ठाउँका ५५ वर्षीय मंगल बोहरा फरार रहेका छन्। उनको खोजिकार्य भइरहेको प्रहरीले  जनाइएको छ ।