प्रदेश सभा सदस्य लक्ष्मी विकलाई सामाजिक सम्मान

प्रदेश सभा सदस्य लक्ष्मी विकलाई सामाजिक सम्मान

धनगढी । सुदूरपश्चिम प्रदेश सभा सदस्य लक्ष्मी विकलाई सामाजिक सम्मान दिइएको छ।

अर्थशास्त्री, पूर्व अर्थमन्त्री तथा राजदूत डा. यादव प्रसाद पन्तको ९९ औँ जन्म जयन्तीको अवसरमा उनलाई सामाजिक सम्मान गरिएको हो। डा. यादव प्रसाद पन्त अनुसन्धान तथा विकास प्रतिष्ठान नेपालले उनलाई अभिनन्दनसहित सम्मान गरेको छ।

विद्यार्थी जीवनदेखि राजनीति सक्रिय रहेकी विक सामाजिक विभेद, असमानता, छुवाछुत लैगिक विभेद, अन्यायका विरुद्ध निरन्तर अवाज उठाउने हक्की स्वभाव भएकी व्यक्ति हुन। 

२०५६ सालदेखि अनेरास्ववियु (छैठौं)को सदस्यता लिएकी उनी उक्त संगठनमा विभिन्न पद रहेदै सुदूरपश्चिम प्रदेशमा विद्यार्थी राजनीतिमा जिल्ला अध्यक्ष हुने पहिलो दलित महिला हुन। 

मसाल निकट जनमोर्चा नेपालमा एक दशक लामो राजनीतिक जीवनमा पार्टी तथा जनवर्गीय संगठनहरूका विभिन्न जिम्मेवारी रही २०६६ सालमा पार्टी एकताबाट नेकपा माओवादी केन्द्रबाट राजनीतिमा रहेकी युवा नेतृ विक हाल पार्टीको केन्द्रीय सदस्य तथा दार्चुला जिल्ला इन्चार्ज छन्।

२०७१ सालमा दलित महिला संघ दार्चुला नामक संस्था जिल्ला प्रशासन दार्चुलामा दर्ता गरि स्थापना भएको समाजिक संस्थाले विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुको समन्वय सहकार्य र सहयोगमा दलित गरिव विपन्न महिलाहरुको सशक्तिकरण क्षमता तथा नेतृत्व विकास, जिविकोपार्जन, समाजिक सचेतना, राजनीतिक सहभागीताका क्षेत्रमा उल्लेखनीय काम गर्दै आएको छ ।

 

टेवा नेपालको सहयोगमा यो संस्थाले दार्चुला जिल्लाका बाढ़ी पहिरो पीडितहरुलाई खाद्यान्न, गर्भवती महिलाहरूलाई न्यानो कपडा,वालवालिकाहरुलाई स्टेशनरी तथा पोशाक लगायतका राहत सामाग्री वितरण गरि प्राकृतिक प्रकोप मासमेत उल्लेखनीय कार्य गरे बापत डा.पन्त अनुसन्धान तथा विकास प्रतिष्ठानले संस्था तथा त्यसको नेतृत्व गर्ने लक्ष्मी विकलाई नगद पच्चीस हजार तथा सम्मानपत्र सहित समाजिक सम्मान गरेको सांसद विकको सचिवालयले जनाएको छ ।