बझाङमा अटो दुर्घटना हुदाँ ४ जना घाईते

बझाङमा अटो दुर्घटना हुदाँ ४ जना घाईते

बझाङ । बझाङमा अटो दुर्घटना भएको छ। जिल्लाको जयपृथ्वी नगरपालिका वडा नम्बर-११ भोपुर स्थित पक्की सडक खण्डमा आज  बिहान अटो दुर्घटना हुदाँ ४ जना सामान्य घाईते भएका छन्।

भोपुरबाट चैनपुर जादैँ गरेको चन्द्रजंग चौहानले चलाएको सुदूरपश्चिम प्रदेश ०१००१ ह ५२३१ नम्बरको अटो एक्कासी अनियन्त्रित भएर सडकको नालीमा गएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरिक्षक दिपेश चौधरीले बताए।

घाईतेको जिल्ला अस्पतालमा प्राथमिक उपचारपछि घर फर्किसकेका छन्।