मिस्टर एण्ड मिस एसईई आईकन २०१९ को उपाधी अनिता र बिक्रमलाई

मिस्टर एण्ड मिस एसईई आईकन २०१९ को उपाधी अनिता र बिक्रमलाई

धनगढी : सुदुरपश्चिम प्रदेशको राजधानी धनगढीमा सम्पन्न “मिस्टर एण्ड मिस एसईई आइकन फारवेष्ट २०१९” सिजन दुईको उपाधी अनिता बयानी र बिक्रम पार्कीले हात पारेका छन् ।

त्यस्तै फस्ट रनर अपमा क्रमश बेनिसा श्रेष्ठ, सन्तोष देउवा त्यस्तै सेकेन्ड रनरअफमा क्रमश भृकुटी कठायत र म्याक्स चौधरीले उपाधी हात पारेका छन् । बिजेताहरुले कक्षा ११ को काठमाण्डौँको पेण्टागन ईन्टरनेश्नल कलेज, धनगढीका एसपीए, नाष्ट र एक्सीस विद्याआश्रममा जुनसुकै संकायमा छात्रबृती सहित अध्ययन गर्न पाउने छन् । साथै क्राउन, प्रमाण पत्र र नगद पुरस्कारहरु पनि पाएका थिए ।

प्लानेट मल्टिमीडिया ईन्टरनेशनल प्राईभेट लिमिटेडको आयोजनामा भईरहेको मिस्टर एण्ड मिस एसईई आइकन फारवेष्टमा सुदूरपश्चिम प्रदेशका एसईई दिएर बसेका छात्र र छात्राहरुको सहभागी रहेको थियो । निर्णायकमा गायक तथा निर्देशक अराज केशब गिरी, अनिल मिश्र र नारायणी जोशी रहेका थिए।

बिगत लामो समय देखी मनोरञ्जन क्षेत्रमा देश भर बिभिन्न कार्यक्रमहरुको सफल आयोजना गरिसकेको प्लानेट इन्टरटेन्मेन्ट ईन्टरनेसनल प्रालीले बिभिन्न कार्यक्रम गर्दै आएको छ । ओम प्यालेसको हलमा भएको कार्यक्रमको व्यवस्थापन धनगढी स्थित मेरो शृङगारले गरेको थियो । कार्यक्रममा दर्शकहरुको उल्लेखनिय सहभागीता रहेको थियो ।