दार्चुलामा मनाइने ऐतिहासिक जोलजिवी मेला सांस्कृतिक महोत्सवको उद्घाटन

दार्चुलामा मनाइने ऐतिहासिक जोलजिवी मेला सांस्कृतिक महोत्सवको उद्घाटन

दार्चुला । दार्चुलामा मनाइने ऐतिहासिक जोलजिबी मेला सांस्कृतिक महोत्सव २०८० को उद्घाटन गरिएको छ ।

उद्घाटन कार्यक्रममा प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री कमल बहादुर शाह रहेका थिए । विशिष्ट अतिथि आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्ट रहेका थिए ।

यसै गरी उद्योग, वन वातावरण तथा पर्यटन मन्त्री  रमेश सिंह धामी लगायत प्रदेश सभा सदस्यको उपस्थिति रहेको थियो ।

दार्चुला जिल्लाका प्रमुख जिल्ला अधिकारी, स्थानीय जनप्रतिनिधि, सरकारी निकायका प्रतिनिधि,नेता कार्यकर्ता, जिल्ला बासी, नागरिक समाज, पत्रकार लगायत सुरक्षा निकायका प्रमुखको उपस्थितिमा कार्यक्रम सु-सम्पन्न भएको हो ।

उक्त ऐतिहासिक जोलजिबी मेला सांस्कृतिक महोत्सव मंसिर ३ सम्म लाग्ने छ।