मन्त्री देउवाले लिए प्रदेश सभा सदस्य चौधरीको स्वास्थ्य अवस्थाबारे जानकारी

मन्त्री देउवाले लिए प्रदेश सभा सदस्य चौधरीको स्वास्थ्य अवस्थाबारे जानकारी

धनगढी । सुदूरपश्चिम प्रदेशका भौतिक पुर्बाधार बिकास मन्त्री प्रकाश बहादुर देउवाले सुदुरपश्चिम प्रदेश सभा सदस्य लक्ष्मण किशोर चौधरीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

काठमाडौ सिनामंगल स्थित केएमसी  टिचिङ अस्पतालमा उपचाररत पदेश सभा सदस्य लक्ष्मणको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।

अस्पतालमा उनलाई भेटघाट गर्दै मन्त्री देउवाले पछिल्लो स्वास्थ्य स्थिति बारे उपचारमा संलग्न चिकित्सक सँग परामर्श गरेका थिए ।

चिकित्सकले उनको स्वास्थ्य स्थितिमा क्रमिक सुधार भैरहेको जानकारी दिएका थिए ।

मन्त्री देउवाले उनको स्वास्थ्य उपचारमा कुनै पनि कसरत बाँकी नराख्न चिकित्सकलाई आग्रह गरेको उनको सचिवालयले जनाएको छ ।