अछाममा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ

अछाममा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ

धनगढी । अछाममा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन्। जिल्लाको मंगलसेन नगरपालिका वडा नम्बर ३ लाछिमानाकी ४० वर्षीया उर्मिला विष्टको हत्या गरेको अभियोगमा उनका श्रीमान शेर बहादुर भण्डारी पक्राउ परेका हुन्।

प्रहरीका अनुसार घटनाको प्रकृति हेर्दा कुटपिट भएको टाउको र शरीरमा चोट लागेको छ। घटनाबारे प्रहरीलाई बुधवार मात्रै खबर भएको हो ।

घट्नाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।