धनगढीको एक वडा अध्यक्षको घरमा चोरी

धनगढीको एक वडा अध्यक्षको घरमा चोरी

धनगढी । धनगढी उपमहानगपालिकाको एक वडा अध्यक्षको घरमा चोरी भएको छ ।

धनगढी उपमहानगरपालिका वडा नम्बर -२ का वडा अध्यक्ष धर्मराज ओझाको घरमा चोरी भएको हो ।

मंगलबार राति घरमा जडान गरिएका दुई वटा मोटर अनजान व्यक्तिले चोरी गरेको वडा अध्यक्ष ओझाले जानकारी दिए ।
वडा अध्यक्ष बस्ने टोलमा विगत लामो समयदेखि चोरी हुँदै आएको स्थानीयहरु बताउँछन् ।

राति चोरी हुँदा समेत विहानसम्म प्रहरी टोलीले कुनै चासो नदिएको वडा अध्यक्ष ओझाले बताए । उनले भने –‘भतिजाले चोरी भएको प्रहरीलाई जानकारी दिँदा समेत कुनै टोली आएन् । अहिले प्रहरी आएको छ । मुचुल्का तयार गरेको छ ।’
वडा नम्बर २ मा खुल्ला सिमानाका कारण चोरी हुने गरेको उनको भनाई छ ।

उनले भने –‘यहाँबाट चोरी भएका सामान सिधै भारतीय बजारमा विक्री वितरण गर्न सहज हुने भएकाले चोरी बढ्ने गरेको छ ।’ उनले रातिको समयमा प्रहरीले गस्ती बढाउनु पर्ने माग गरे ।