एमाले दार्चुलाको जिल्ला कमिटी बैठक मंसिर २ गते बस्दै

एमाले दार्चुलाको जिल्ला कमिटी बैठक मंसिर २ गते बस्दै

दार्चुला । नेकपा (एमाले) दार्चुलाको जिल्ला कमिटी बैठक मंसिर २ गते बस्ने भएको छ । जिल्ला अधिवेशनको तयारी लगायत विषयमा छलफल गर्न बैठकको आयोजना गरिएको जिल्ला कमिटी दार्चुलाका उपसचिव एवं प्रचार विभाग प्रमुख खडक बडालले जानकारी दिए ।

कात्तिक १३ गतेबाट सञ्चालन गरेको पालिका कमिटी बैठक सबै स्थानीय तहमा सम्पन्न गरे लगत्तै एमाले दार्चुला जिल्ला अधिवेशनको तयारीमा जुटेको हो ।

 दार्चुलाका नौँ वटै स्थानीय तहहरूमा केन्द्रीय कमिटी सदस्य एंबम दार्चुला इन्चार्ज सहदेव बोगटीको प्रमुख आतिथ्य तथा प्रदेश कमिटी सदस्यहरू, जिल्ला कमिटी अध्यक्ष प्रेम सिंह धामी लगायत जिल्ला स्तरका नेताहरूको उपस्थितिमा पालिका कमिटी बैठकहरू सम्पन्न गरिएको उहाँले बताए । यसअघि मङ्सिर १६ र १७ गतेका लागि तोकिएको जिल्ला अधिवेशनको विषयमा छलफल गर्न जिल्ला कमिटी बैठकको आयोजना गरिएको बताइएको छ ।

मङ्सिर २ गते बिहान ११ बजे दार्चुला विकास सङ्गठनको हलमा बैठकको आयोजना गरिएकाले सबै जिल्ला कमिटीसहित, पालिका कमिटी अध्यक्षहरू, सल्लाहकार अध्यक्ष, जनवर्गिय र पेशागत संगठनका अध्यक्षहरूलाई आमन्त्रण गरिएको छ । दार्चुला इन्चार्ज सहदेव बोगटीको प्रमुख आतिथ्यतामा सञ्चालन हुने उक्त बैठकमा प्रदेश कमिटी सदस्यहरूलाई समेत आमन्त्रित गरिएको एमाले दार्चुलाले जनाएको छ ।

उक्त बैठकले नवौँ जिल्ला अधिवेशनको मिति, कार्यपालिका तथा प्रतिनिधि चयन लगायतका विषयमा छलफल गर्ने जिल्ला कमिटी अध्यक्ष प्रेम सिंह धामीले जानकारी दिए ।  बैठकमा सबै पालिकाको रिपोर्टिङ समेत गर्नुपर्ने भएकोले प्रतिवेदनसहित उपस्थित हुन भनिएको छ ।

एमाले दार्चुलाले देशमै पहिलो नम्बरमा जिल्ला अधिवेशन सम्पन्न गर्ने लक्ष्यका साथ तयारी गरिरहेको दार्चुला इन्चार्ज बोगटीले बताए ।

No description available.