भूकम्प पीडितहरुलाई सिआरडिएसले गर्यो  आर्थिक सहयोग

भूकम्प पीडितहरुलाई सिआरडिएसले गर्यो  आर्थिक सहयोग

दार्चुला । जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितहरुका लागि सामुदायिक ग्रामीण विकास समाज नेपाल (सिआरडिएस) ले आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।

सिआरडिएस नेपाल दार्चुलाले प्रधानमन्त्री दैविक प्रकोप कोषमा जमा हुने गरी ६३ हजार ४ सय ८९ रुपैयाँ बराबरको चेक रकम जिल्ला प्रशासन कार्यालय दार्चुलालाई हस्तान्तरण गरेको हो ।

 संस्थामा कार्यरत कर्मचारीहरुको डेढ दिन बराबरको तलब भत्ता बापत हुन आउने रकम भूकम्प पीडितहरुका लागि सहयोग गरिएको सिआरडिएस नेपालका कार्यकारी निर्देशक अशोक राज ओझाले जानकारी दिए ।

बिहीवार उक्त सहयोग रकम प्रमुख जिल्ला अधिकारी किरण जोशीलाई हस्तान्तरण गरिएको उनले बताए ।

गत शुक्रवार जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प जाँदा १५३ जनाको मृत्यु भएको थियो भने ३ सय ६४ जना घाइते भएका छन् । भूकम्पबाट हजारौँ घर तथा संरचनाहरुमा क्षति पुग्दा धेरै नागरिक घरबारविहिन भएका छन् ।