जहाजमा प्राविधिक समस्या देखिएपछि उडान रोकियो

जहाजमा प्राविधिक समस्या देखिएपछि उडान रोकियो

हुम्ला । हुम्लाको सिमकोटबाट नेपालगञ्ज उड्ने तयारीमा रहेको नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को ‘नाइन एन–एबीयू’ कलसाइनको जहाजमा प्राविधिक समस्या देखिएपछि उडान रोकिएको छ।

जहाजमा समस्या आएपछि उडान रोकिँदा सिमकोटबाट नेपालगञ्ज उड्ने तयारीमा रहेका यात्रु समस्यामा परेका छन् ।

सोमबार बिहान आठ बजे नेपालगञ्जबाट सिमकोट अवतरण गरेको जहाज नेपालगञ्ज फर्किने तयारीमा रहेको बेला प्राविधिक समस्या देखिएको नेपाल एयरलाइन्सको सिमकोट शाखाले जनाएको छ। 

उडानका लागि यात्रुहरु बोर्डिङ पास लिएर हवाई जहाज चढिसकेका थिए। तर उड्न लागेको जहाजमा प्राविधिक समस्या देखिएपछि यात्रुहरुलाई ओरालिएको थियो।

आजै नेपालगन्जबाट प्राविधिक आएर जहाज बनाएपछि उड्ने नेपाल एयरलाइन्स सिमकोट शाखाका प्रमुख बलराम हमालले बताए।