अज्ञात समूहद्धारा १४ तोला सुन, ५४ तोला चाँदीसहित नगद लुटपाट

अज्ञात समूहद्धारा १४ तोला सुन, ५४ तोला चाँदीसहित नगद लुटपाट

रौतहट ।  रौतहटमा अज्ञात समूहले चन्द्रपुरमा गएराती दुई जना लाई घाइते बनाउँदै एक घरमा लुटपाट गरेका छन् ।

४ जना भन्दा बढिको समुहमा आएका लुटेराहरुले चन्द्रपुर नगरपालिका ५ निवासी सोनेलाल चौधरीको श्रीमती कान्ती चौधरी र छोरी नीकम चौधरीलाई धारिलो हतियार प्रहार गरी घाइते बनाउँदै लुटपाट गरेका छन् ।

चौधरीले घरमा लक्ष्मी माताको  पूजा  गर्दा राखेको नगद एक लाख ४५ हजार, १४ तोला सुन, ५४ तोला चाँदी  अज्ञात समूहले लुटेर लगेको पीडित परिवारले जनाएको छ ।

घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । चौधरीको श्रीमतीलाई टाउकोमा चोट लागेको छ । लुटेरा समूहले घरको गेटमा लगाएको ताल्चा फुटाएर एक्कासि आक्रमण गरेको पीडित परिवारले जनाएका छन् ।

 इलाका प्रहरी कार्यालय चन्दनिगाहपुरका प्रहरी निरिक्षक गायत्री शर्माले लुटेराको खोजी भइरहेको बताए ।