कञ्चनपुरका एक दम्पती आफ्नै घरमा मृत फेला

कञ्चनपुरका एक दम्पती आफ्नै घरमा मृत फेला

धनगढी । कञ्चनपुरमा एक दम्पती आफ्नै घरमा आज मृत अवस्थामा फेला परेका छन्। लालझाडी गाउँपालिका–१ बिनबारीका २६ वर्षीय श्यामकुमार राना र उनकी श्रीमती २५ वर्षीया पुष्पा राना आज घरभित्र झुण्डिएको अवस्थामा फेला परेका हुन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डाँगीले राना दम्पती मृत फेला परेको विषयमा प्रहरीले अनुसन्धान थालेको जानकारी दिए। मृतकका तीन वर्षीया बालक पनि रहेका छन् । उनी रोएपछि छिमेकीले हेर्दा घट्ना बाहिर आएको हो ।
घटनाबारे थप अनुनधान भइरहेको प्रहरीले जनाएको छ ।