पूर्वी नवलपरासीमा जिप दुर्घटना, ६ जनाको मृत्यु

पूर्वी नवलपरासीमा जिप दुर्घटना, ६ जनाको मृत्यु

काठमाडौँ । पूर्वी नवलपरासीमा जिप दुर्घटना भएको छ । दुर्घटनामा परी ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । तीन जना महिला र तीन जना पुरुषको मृत्यु भएको प्रहरीले बताएको छ ।

बुलिङटारबाट कावासोतीतर्फ आएको लु २ ज ३२७० नम्बरको जिप देवचुली नगरपालिका एसमोडमा दुर्घटनामा परेको हो । 

जिपमा ७ जना सवार थिए । एक जना घाइतेलाई उपचारका लागि चितवन पठाइएको छ ।