एक सहकारीमा चोरी गरेको आरोपमा कञ्चनपुरबाट दुई जना पक्राउ

एक सहकारीमा चोरी गरेको आरोपमा कञ्चनपुरबाट दुई जना पक्राउ

कञ्चनपुर ।  कञ्चनपुरको एक सहकारीबाट रुपैँया चोरी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा बझाङको जयपृथ्वी नगरपालिका–१ का २६ वर्षीय अमृत सार्की र भीमदत्त नगरपालिका– १२ ऐरी गाउँका २३ वर्षीय सुन्दर टमटा रहेका छन् ।

प्रहरीका अनुसार कात्तिक २२ गते राती दोधारा चाँदनी नगरपालिका–२ मा रहेको चाँदनी कृषी सहकारी संस्था लिमिटेडबाट ५ लाख ५१ हजार ७१८ रुपैयाँ उनीहरले चोरी गरेका हुन् ।

इलाका प्रहरी कार्यालय दोधरा चाँदनीका इन्चार्ज प्रहरी निरीक्षक होमप्रकाश चौधरीले उनीहरुकापे साथबाट नगद २ लाख ३ हजार ८८० रुपैँया र तीन थान मोबाइल फेला परेको बताए । यस बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।