धनगढी झिलिमिली (फोटो फिचर)

धनगढी झिलिमिली (फोटो फिचर)

आजदेखि यमपञ्चक अर्थात् तिहार शुरु भएको छ । यमपञ्चकको पहिलो दिन आज कागतिहार मनाइएको छ ।कात्तिक कृष्ण त्रयोदशीमा सूर्योदय भएका दिन काग तिहार मनाइने गरिन्छ ।

No description available.
यस्तै, आज कात्तिक कृष्ण त्रयोदशीका दिन बेलुकी यमदीपदान शुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । आजबाट सबैले आ आफ्नो घरमा दियो बत्ति बालेर उज्यालो बनाउने गर्दछन् ।

No description available.

कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनसम्म यमदीपदान गर्ने शास्त्रीय विधि छ । यसवर्ष तिथिको घटबढका कारण भोलि कुकुर तिहार र लक्ष्मीपूजा एकैदिन परेको छ । गाईपूजा पर्सि सोमवार परेको छ ।

No description available.

No description available.

No description available.

No description available.

गोरुपूजा, हलितिहार, गोवर्द्धनपूजा, बलीपूजा र आत्म अर्थात् म्हपूजा मङ्गलवार परेको छ । कात्तिक शुक्ल प्रतिपदाका दिन गाई, गोरु, गोवर्द्धन र म्हपूजा गर्नुपर्ने शास्त्रीय वचन रहेको छ । भाइटीका बुधवार परेको छ।

 

No description available.

No description available.

No description available.

No description available.

बुधवार बिहान १० बजेर ५१  मिनेटमा भाइटीकाको उत्तम साइत रहेको समितिले जनाएको छ ।