जाजरकोट भूकम्पः परिवार दलका संयोजक नागरी सहयोगमा जुटे

जाजरकोट भूकम्पः परिवार दलका संयोजक नागरी सहयोगमा जुटे

धनगढी। जाजरकोटका भूकम्प पीडितका लागि राहत लिएर नेपाल परिवार दल सुदूरपश्चिम संयोजक खडक नागरी त्यस तर्फ लागेका छन् । शुक्रवार नेपाल परिवार दल सुदूरपश्चिम संयोजक नागरी खाद्यान्न तथा लुगा कपडा गाडीमा लोड गरेर कैलालीको धनगढीबाट जाजरकोट तर्फ राहत लिएर गएका हुन्।

१०० बोरा २५ केजी चामल,५० पिस बलाङकेट, ५० पिस त्रिपाल १०० पिस नुन, १ केजी मसुर दाल १ केजी चिनी, ५० बक्स बिस्कुट, १०० बक्स वाइवाइ चाउचाउ गरी १० लाख बराबरको राहत लिएर गएको उनले बताए। उनले भने,

तिहारको समयमा सबै रमाइलो गर्छन्, तर जाडोको मौसममा खुला आकाश मुनी रहेका भूकम्प पीडितलाई सहयोग गर्ने उद्देश्यले म त्यता जाँदै छु,उनले भने यस्तो विपत्तिमा परेका बेला सहयोग गर्ने भावना अनुसार आफू र आफ्नो दलको तर्फबाट केही राहत हुन्छ कि भनेर राहत दिन गइरहेको छु । 
उनले दुखद समयमा पीडितलाई केही भए पनि राहत मिल्ने विश्वास व्यक्त गरे ।