कैलालीमा राति ९ बजेपछि देउसी, भैलो तथा नाचगान गर्न नपाइने

कैलालीमा राति ९ बजेपछि देउसी, भैलो तथा नाचगान गर्न नपाइने

धनगढी । नेपालीहरुको महान पर्व सुभ दिपावली लगायतका तिहारहरु नजिकिएसगै कैलालीमा रातिको ९ बजेपछि नाचगान तथा देउसी भैलो खेल्न नपाइने भएको छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीले सार्बजनिक सूचना  जारी गर्दै सुरक्षालाई ध्यानमा राखी रातिको ९ बजेपछि नाचगान तथा देउसी भैलो खेल्नमा रोक लगाएको हो ।

‘देउसी, भैलो, नाचगान लगायतका कार्यहरु बढीमा राति ९ बजेसम्म मात्र सभ्य एवं शान्तिपूर्वक गर्न अनुरोध छ’ प्रशासनद्धारा जारी सूचनामा भनिएको छ ‘राती अबेरसम्म देउसी भैलो खेल्दा चोरी डकैती लगायतका घटनाहरु हुने भएकोले त्यसलाई ध्यानमा राख्दै अनुरोध गरिएको छ ।’

साथै तिहारको समयमा बिस्पोटक पदार्थहरु समेत बिक्री बितरण तथा प्रयोग नगर्न जिल्ला प्रशासन कार्यालय कैलालीले अनुरोध गरेको छ । बिस्पोटक पर्दाथबाट मानविय क्षती आगलागी जस्ता घटना हुने भएकोले सो बिक्री बितरण तथा ओसार पसार र प्रयोग नगर्न नगराउन अनुरोध गरेको प्रशासनका सूचना अधिकारी शिवराज जोशीले बताए ।

‘मादक पदार्थ लगायतका नशालु पदार्थ सेवन गरी पर्वको समयमा सार्वजनिक स्थलमा होहल्ला, झैझगडा जस्ता कार्य गरी शान्ति सुरक्षालाई असर पर्ने कुनै पनि कार्य गर्न पाइने छैन्’ सो सूचनामा भनिएको छ ।

प्रशासनले देउसी भैलोमा दक्षिणाको लागि रकम तोकी दक्षिणा दिन दबाब नदिन र देउसी भैलो लगायतका कुनै पनि कार्यक्रम गर्दा सार्वजनिक यातायात र जनजीवनलाई असर पर्ने कुनै पनि गतिविधि नगर्न अनुरोध गरेको छ ।

No description available.