फिफा विश्वकपः छनोटमा नेपाली टोलीको घोषणा

फिफा विश्वकपः छनोटमा नेपाली टोलीको घोषणा

काठमाण्डौ । फिफा विश्वकप २०२६ अन्तर्गत एसिया छनोटको दोस्रो चरणमा यूएईसँग खेल्ने नेपाली टोलीको घोषणा भएको छ ।

मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले आज शुक्रवार अन्तिम टोली घोषणा गरेका हुन् । नेपालले आउँदो बिहीवार यूएईसँग खेल्नेछ । यूएईसँगको खेलका लागि नेपाली टोली आइतवार त्यसतर्फ प्रस्थान गर्नेछ ।

यसैबीच डिफेन्डर अनन्त तामाङले चोटका कारण विश्वकप छनोटको दोस्रो चरण गुमाउने भएका छन् । तामाङको घुँडामा चोट लागेको र यूएईसँगको खेलमा फिट नहुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले बताएको छ ।