मानव अधिकार समूहले प्रमुख प्रशासकीय अधिकृतलाई बुझायो ध्यानाकर्षण-पत्र

मानव अधिकार समूहले प्रमुख प्रशासकीय अधिकृतलाई बुझायो ध्यानाकर्षण-पत्र

धनगढी । कञ्चनपुरको बेलौरी नगरपालिका स्तरीय मानव अधिकार समूहले बिहीबार बेलौरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारादत्त अवस्थीलार्ई ध्यानाकर्षण-पत्र बुझाइएको छ ।

शिक्षा, स्वास्थ्य, वातावरण र लैङ्गिक हिंसा सम्बन्धी समस्यालाई समाधान गर्न माग राखी ध्यानाकर्षण-पत्र बुझाइएको हो ।

स्थानीय सरकार सञ्चलन ऐन तथा पाँचौँ राष्ट्रिय कार्य योजना अनुरूप जनताका आधारभूत आवश्यकता परिपूर्ति  गर्ने दायित्व स्थानीय सरकारको पनि भएकोले पाँचौँ राष्ट्र कार्य योजना कार्यान्वयन गर्ने उद्देश्यले प्रमुख प्रशासकीय अधिकृत अवस्थालाई ध्यानाकर्षण-पत्र बुझाइएको हो ।

ध्यानाकर्षण-पत्रमा अनिवार्य निःशुल्क, सुरक्षित र गुणस्तरीय प्राविधिक शिक्षा लागु गर्नु पर्ने, समयमा पाठ्यपुस्तक उपलब्ध गराउनु पर्ने, दिवा खाजा तथा विद्यालयको नियमित अनुगमन गर्नु पर्ने, नेपाल सरकारबाट उपलब्ध गराइने सबै प्रकारको औषधी निःशुल्क वितरण गर्नु पर्ने, सुत्केरी महिलालाई पोषण कार्यक्रममा सञ्चालन गर्नु पर्ने, स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन हुनु पर्ने, वातावरण संरक्षणमा गाउँपालिकाले नीति बनाएर कार्यान्वयन गर्नु पर्ने, मानव बस्तीको बिचमा सञ्चलन गरिएका इट्टा उद्योग र चिनी मिलबाट निस्कने हानिकारक रासायनिक फोहोरको उचित व्यवस्थापन गर्नु पर्ने, समाजमा व्याप्त छुवाछुत, जातीय विभेद, लैङ्गिक हिंसा जस्ता समस्यालाई नीति तथा कानुन बनाएर समाधान गर्नु पर्ने उल्लेख गरिएको छ ।

बेलौरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारादत्त अवस्थीले मानव अधिकार समूहले विगतका वर्ष देखी मानव अधिकारका क्षेत्रमा काम गर्दै आइरहेकाले मानव अधिकार समूहलाई धन्यवाद दिँदै जनताको समस्या समाधान गर्न पालिका प्रतिबद्ध रहेको बताए ।

मानव अधिकार समूहका संयोजक गोविन्द सापकोटा र सहसंयोजक पदमबहादुर शाह लगायतको टोलीले प्रमुख प्रशासकीय अधिकृत अवस्थालाई ध्यानाकर्षण-पत्र बुझाउनु भएको थियो ।

यसै गरी मानव अधिकार समूहले गाउँपालिकाका अध्यक्षलाई ध्यानाकर्षण-पत्र बुझाइएको छ । शिक्षा, स्वास्थ्य, वातावरण र लैङ्गिक हिंसा सम्बन्धी समस्यालाई समाधान गर्न माग राखी लालझाडी गाउँपालिका स्तरीय मानव अधिकार समूहले हिजो लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानालार्ई ध्यानाकर्षण-पत्र बुझाइएको हो । 

स्थानीय सरकार सञ्चलन ऐन तथा पाँचौँ राष्ट्र कार्य योजना अनुरूप जनताका आधारभूत आवश्यकता परिपूर्ति  गर्ने दायित्व स्थानीय सरकारको पनि भएकोले पाँचौँ राष्ट्र कार्य योजना कार्यान्वयन गर्ने उद्देश्यले गाउँपालिकाका अध्यक्ष रानालाई ध्यानाकर्षण-पत्र बुझाइएको हो ।

No description available.

ध्यानाकर्षण-पत्रमा अनिवार्य, निःशुल्क, सुरक्षित र गुणस्तरीय प्राविधिक शिक्षा लागु गर्नु पर्ने, विद्यालयमा छात्रामैत्री शौचालयको निर्माण  गर्नु पर्ने, नेपाल सरकारबाट उपलब्ध गराइने सबै प्रकारको औषधी निःशुल्क वितरण गर्नु पर्ने, वातावरण संरक्षणमा गाउँपालिकाले नीति बनाएर कार्यान्वयन गर्नु पर्ने र समाजमा व्याप्त छुवाछुत, जातीय विभेद, लैङ्गिक हिंसा जस्ता समस्यालाई नीति तथा कानुन बनाएर समाधान गर्नु पर्ने उल्लेख गरिएको छ ।

लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाले मानव अधिकार समूहले विगतका वर्ष देखी मानव अधिकारका क्षेत्रमा काम गर्दै आइरहेकाले मानव अधिकार समूहलाई धन्यवाद दिँदै जनताको समस्या समाधान गर्न पालिका प्रतिबद्ध रहेको बताए ।

मानव अधिकार समूहका संयोजक सोमनाथ राना, समाजसेवी रामअवतार रानालगायतको टोलीले गाउँपालिका अध्यक्ष रानालाई ध्यानाकर्षण-पत्र बुझाउनु भएको थियो ।