शिअ उसु क्वानको वार्षिकोत्सवमा विविध कार्यक्रम

शिअ उसु क्वानको वार्षिकोत्सवमा विविध कार्यक्रम

धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर ७ मा रहेको शिअ उसु क्वानले विविध कार्यक्रम गरि आफनौ १७ औं वार्षिकोत्सव मनाएको छ ।

‘अनुशासन, सभ्य, स्वास्थ्य र राष्ट्रको गौरवका लागि सबैलाई खेलकुद’ भन्ने नारा साथ क्वानले बिहिबार विभिन्न कार्यक्रम गरि वार्षिकोत्सव मनाएको हो । 

क्वानका अध्यक्ष प्रेमबहादुर विकको अध्यक्षतामा भएको रक्तदान तथा सांस्कृतिक कार्यक्रममा पूर्व वन तथा वातावरण मन्त्री एवं शिअ उसु क्वानका संस्थापक अध्यक्ष नारदमुनि राना प्रमुख अतिथि रहेका थिए ।

कार्यक्रममा वडा नम्बर ७ का वडा अध्यक्ष मोति राना, नेपाल उसु महासंघका केन्द्रिय सचिव निकेश श्रेष्ठ, गोविन्द बहादुर शाही, मुक्तिनाथ प्राथमिक विद्यालयका अध्यक्ष प्रेम राना, जुगेडा कृषक बहुउद्देश्यीय सहकारी संस्थाका उपाध्यक्ष शारदा खाती लगायतको सहभागिता रहेको थियो ।

उसु महासंघका कोषाध्यक्ष तथा प्रशिक्षक राजिव गुप्ताले स्वागत गरेको कार्यक्रमको सञ्चालन रतन खातीले गरेका थिए ।
साथै क्वानले आयोजना गरेको रक्तदान कार्यक्रममा एक सय जनाको हाराहारीले रक्तदान गरेको आयोजकले जनाएको छ ।