अभिनेत्री दिपाशा बीसीको मृत्यु

अभिनेत्री दिपाशा बीसीको मृत्यु

काठमाडौँ । अभिनेत्री दिपाशा बीसीको २८ वर्षको उमेरमानिधन भएको छ।

स्वास्थ्यमा असहज आएपछि बीसीलाई बुधबार राति थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो।

फिल्ममा चर्चित उनले बिरानो माया, चाल, दुलही रानी र झेली फिल्ममा अभिनय गरेकी छिन्। उनको डेब्यु फिल्म ‘दुलही रानी’ २०६८ मा रिलिज भएको थियो।