बैतडीको छेलाबाट ९ लाख बराबरको भन्सार छलीको सामान बरामद

बैतडीको छेलाबाट ९ लाख बराबरको भन्सार छलीको सामान बरामद

बैतडी । बैतडीमा  भन्सार छलीका सामान बरामद गरिएको छ । 

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले  जिल्लाको दशरथचन्द नगरपालिका वडा नम्बर ४ छेलाबाट ८ लाख ९७ हजार ७५० मूल्य बराबरको भन्सार छलीको सामान बरामद गरेको हो ।

आज बिहान ९ लाख मुल्य बराबरका  रेडिमेड कपडा, साडी सूटबेल्ट, ज्याकेट, थान कपडा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक खेमविक्रम केसिले जानकरी दिए ।

बरामद गरिएको  सामान महाकाली  भन्सार कार्यालय झुलाघाटमा बुझाइएको प्रहरी निरीक्षक केसिले   बताए ।