सुदूरपश्चिम महोत्सव मंसिर २२ गते देखि

सुदूरपश्चिम महोत्सव मंसिर २२ गते देखि

धनगढी । धनगढीमा यहीँ मंसिर २२ गतेदेखि सुरु हुने सुदूरपश्चिम महोत्सवको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्ने भएका छन् । 

मंगलबार कलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरको नेतृत्वको टोलीले प्रधानमन्त्री दाहाललाई भेटेरै महोत्सवको उद्घाटनका लागि निम्तो दिएको हुन् ।

प्रधानमन्त्री दाहालले पनि उद्योग वाणिज्य सङ्घ कैलालीको निम्तोलाई स्वीकार गरेको अध्यक्ष कुँवरले बताए। निमन्त्रणा कार्यक्रममा संघका उपाध्यक्ष मनोज अग्रवाल लगायत प्रतिनिधिको सहभागिता रहेको थियो ।

सुदूरपश्चिम महोत्सवको १७ औँ संस्करण यही मंसिर २२ गतेदेखि पुस २ गतेसम्म धनगढीको पशुपति टोलमा आयोजना हुँदैछ ।