कैलालीको हिरासतमा थुनुवाको मृत्यु

कैलालीको हिरासतमा थुनुवाको मृत्यु

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा थुनुवाको मृत्यु भएको छ । धनगढी १६ घसिटाका ३१ बर्षीय कृष्णबहादुर सेटीको गएराती मृत्यु भएको हो ।

कुटपिटको अभियोगमा कार्तिक २० गते प्रहरीले पक्राउ गरी थुनुवा कक्षमा राखी अनुसन्धान गरिरहेको थियो । बिरामी भएपछि अस्पतालमा लगिएको पछि उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रबक्ता प्रहरी नावय उपरिक्षक कुलदिप चन्दले जानकारी दिए ।

थुनुवा कक्षमा मृत्युको बारेमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालयका प्रबक्ता प्रहरी नावय उपरिक्षक चन्दले बताए ।