आज सुनको भाउ एक हजार रुपैयाँले घट्यो

आज सुनको भाउ एक हजार रुपैयाँले घट्यो

काठमाण्डौ । सुनको भाउ आज एक हजार रुपैयाँले घटेको छ । आज सुन तोलामा १ लाख १३ हजार ७ सय रुपैयाँ तोकिएको छ ।

हिजो तोलामा १ लाख १४ हजार ७ सय रुपैयाँ थियो । आज चाँदीको भाउ पनि घटेको छ । चाँदी तोलामा ५ रुपैयाँले घटेर १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।