ट्रकको ठक्करबाट युवकको मृत्यु

ट्रकको ठक्करबाट युवकको मृत्यु

बाँके । ट्रकले ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ ।

बाँकेको कोहलपुरमा रहेको कृषि चोकमा बुधवार हिजो बेलुका ट्रकले ठक्कर दिँदा जाजरकोटको छेडागाड नगरपाालिका–११ का ३१ वर्षीय गोरख चुदाराको मृत्यु भएको हो । 

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख एवं प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीका अनुसार सुदूरपश्चिमबाट काठमाण्डौका लागि छुटेको ००१ ख २४३२ नम्बरको मालवाहक ट्रकले कोहलपुर–२ प्रेमनगर नजिकै रहेको कृषि चोकमा चुदारालाई ठक्कर दिएको हो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्रक चालकलाई प्रहरीले पक्राउ गरेको छ ।