कैलालीमा बसले ठक्करदिदाँ मोटर साइकलमा सवार दुई जना घाइते

कैलालीमा बसले ठक्करदिदाँ मोटर साइकलमा सवार दुई जना घाइते

धनगढी । कैलालीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जना घाइते भएका छन्।

पूर्वपश्चिम राजमार्ग अन्तरगत गौरीगंगा नगरपालिकाको चौमालामा बुधवार पूर्वतर्फ गइरहेको ना ६ख ९२८० नम्बरको बसले सुदूरपश्चिम प्रदेश ०१०११प७६७० को मोटरसाइकललाई ठक्कर दिएको थियो।

ठक्करबाट मोटरसाइकल चालक धनगढी–१६ बस्ने २८ वर्षीय सुरेश बोहरा र पछाडि सवार ३५ वर्षीय लक्ष्मण बोहरा घाइते भएका छन्। उनीहरूको पद्मा अस्पताल अत्तरियामा उपचार भइरहेको छ।