देशका केही भू-भागमा वर्षा र हिमपातको सम्भावना

देशका केही भू-भागमा वर्षा र हिमपातको सम्भावना

धनगढी । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले  जनाएको छ ।

विभागका अनुसार देशका केही भू-भागमा आज वर्षा र हिमपातको सम्भावना रहेको छ । बिहान पहाडी भू-भागमा आंशिक बदली रहेको छ भने बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने छ ।

विभागले दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भूभागको मौसम सफा रहनेछ ।

पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

विभागका अनुसार आज राति देशको पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागको मौसम सफा रहनेछ ।