स्थानीय विकास निर्माणमा नागरिकको सहभागिता हुनुपर्नेमा जोड

स्थानीय विकास निर्माणमा नागरिकको सहभागिता हुनुपर्नेमा जोड

धनगढी । स्थानीय विकास निर्माणमा नागरिकको सहभागिता हुनुपर्नेमा सरोकारवाला निकायको जोड दिएका छन् । बुधवार धनगढीमा अकाउण्टीविलीटि ल्याब नेपालले आयोजना गरेको छलफल कार्यक्रममा सहभागीले विकास निर्माणमा नागरिकको सहभागिता बढाउनुपर्नेमा जोड दिएका हुन् । 

स्थानीय तहको कानुन बनाउने अधिकार निर्वाचित जनप्रतिनिधिलाई हुन्छ । तर यसको अर्थ अन्य नागरिकसँग छलफल नगर्नु भने होइन । कानुन बनाउँदा जति धेरै नागरिकको सहभागिता गरायो त्यति नै ती कानुनहरू बलिया र प्रभावकारी हुन्छन् । तर, यसमा स्थानीय तह र नागरिक बिच जति समन्वय हुनुपर्ने हो त्यो नभएको देखिन्छ ।

भिजिबल इम्प्याक्टका प्रदेश सदस्य पार्वती जोशीले स्थानीय विकासमा नागरिक सहभागिता बढाउनुपर्नेमा जोड दिइन् । उनले अहिले पनि स्थानीय विकासमा नागरिक  सहभागिता त्यति भएको देख्न नसकिने बताइन् । स्थानीय विकासमा नागरिकले सूचना माग गर्ने, विभिन्न समयमा चासो देखाउनुपर्ने बताए । उनले यसमा विभिन्न चुनौती रहेको बताउँदै नागरिकले  पनि  चासो देखाउनुपर्ने बताइन् । 

बास नेपालमा कार्यरत चिरिन्जिबी छेडालले स्थानीय विकासमा सरकारी पक्षको भूमिका पनि महत्त्वपूर्ण रहने बताए ।
उनले यसमा स्थानीय तह तिरबाट पनि टोल विकास समितिलाई सक्रिय बनाउने, आम जनसहभागिता बढाउने र नागरिक लक्षित कार्यक्रम गर्नुपर्ने बताए । यस्तै उनले कुनै पनि राजनीतिक दलमा आबद्ध भए पनि राजनीतिक पूर्वाग्रह गर्न नहुने बताए । 

धनगढी उपमहानगरपालिकाका सामुदायिक विकाश शाखा प्रमुख टंक विष्टले धनगढी उपमहानगरपालिकाको स्थानीय विकास निर्माणमा नागरिक सहभागिताको वर्तमान अवस्था र नीतिको जानकारी बारेमा प्रस्तुतीकरण गरेका हुन् । उन योजनाहरू बन्दा नागरिकलाई पनि सहभागी गराइने बताए । कतिपय अवस्थामा सबैलाई सहभागी गराउन नसकिने हुँदा यसमा नागरिक आफैँले पनि चासो देखाएर स्थानीय तह सम्म पुग्नुपर्नेमा उनको जोड थियो ।

अहिले स्थानीय सरकार स्वायत्त र स्वतन्त्र छ । स्थानीय सरकारले आफै कानुन बनाउँछ । बजेट ल्याउँछ, कर लगाउँछ । विकासका काम गर्छ । अर्थात् प्रदेश र केन्द्र सरकारले जसरी काम गर्छन्, स्थानीय सरकारले पनि त्यसै गरी काम गर्दछन् । यसमा नागरिकलाई सहभागी गराएर नै विभिन्न काम गरिने वडा नम्बर २ वडा अध्यक्ष धर्मराज ओझाले बताए । उनले भने ‘सबै ठाउँमा सूचना दिन नसकिएको भए पनि तर, वडा तथा नगरपालिकामा पालिकामा पनि सूचना दिन नागरिकले पनि चासो दिनुपर्छ ।,’ स्थानीय तहबाट पनि भएका कमी कमजोरीलाई नागरिकले सुझावका रूपमा दिनुपर्नेमा बताए । 

गैर सरकारी संस्था एनजीयो फेडरेशन सुदूरपश्चिम प्रदेश अध्यक्ष तथा अधिवक्ता देवी खनालले टोल विकास समिति सक्रिय हुनुपर्ने बताए । ‘पालिकाले यसलाई स्पष्ट पार्नुपर्छ यसमा जनता चासो छैन ।,’ हामीले भनेका योजना पर्दैनन् भन्ने जनताको गुनासो छ । जनसहभागिताको कुरामा जोड दिनुपर्ने उनले बताए ।

स्थानीय सरकारका आन्तरिक कामकाजी ऐन, कार्यविधि र निर्देशिकाको बारेमा नागरिकलाई त्यति चासो नहुन पनि सक्छ । तर नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने सेवा प्रवाह सम्बन्धी कानुनका बारेमा नागरिक जानकार हुन आवश्यक रहेको वडा नम्बर ३ का वडा अध्यक्ष राज बहादुर ऐरले बताए ।

जति बेलासम्म नागरिकले त्यो कानुनमा के छ भन्ने कुरा थाहा पाउँदैनन् त्यसको कार्यान्वयन र पालना पनि त्यति नै कमजोर हुने उनको भनाई छ । यसमा नागरिकले चासो बढाउनुपर्नेमा उनको जोड दिए । 

कार्यक्रममा वातावरण शाखाका जयराज जोशी, सामुदायिक शाखा प्रमुख टंक जोशी, विभिन्न सङ्घ संस्थाका प्रतिनिधि लगायत युवाको सहभागिता रहेको थियो ।

बिषयबस्तुमाथि प्रकाश अकाउण्टीविलीटि ल्याबका जुनु भण्डारीले गरेकी हुन् । कार्यक्रमको सञ्चालन अकाउण्टीविलीटि ल्याबका तेज बोहराले गरेका हुन् ।