भूकम्प प्रभावितका लागि बैतडीको शिवनाथले नगद सहयोग पठायो

भूकम्प प्रभावितका लागि बैतडीको शिवनाथले नगद सहयोग पठायो

बैतडी । बैतडीको शिवनाथ गाउँपालिकाले जाजरकोटका भूकम्प प्रभावितका लागि नगद सहयोग पठाएको छ । प्रभावितहरुलाई मद्दत पुगोस् भन्ने द्येयले नगद सहयोग पठाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र महताले बताए ।

गाउँकार्यपालिकाले जाजरकोटमा ७५ हजार र रुकुमपश्चिममा ५० हजार आर्थिक सहयोग पठाउने निर्णय गरेको थियो । सोही निर्णयअनुसार जिल्ला विपद् व्यवस्थापन समिति जाजरकोट र रुकुमपश्चिमको खातामा रकम जमा गरिएको उनले बताए ।

गएको शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो ।