कैलाली जिल्ला अदालतबाट मुद्दाको मिसिल सहित बिभिन्न समान चोरी

कैलाली जिल्ला अदालतबाट मुद्दाको मिसिल सहित बिभिन्न समान चोरी

धनगढी। कैलाली जिल्ला अदालतबाट मुद्दाको मिसिल, कटुवा पेस्तोल र त्यसमा लाग्ने चार थान गोलीसहित पाँच वटा मोबाइल चोरी भएको छ ।

अदालतको अभिलेख शाखाको ग्रील फोडेर पसेका चोरले महत्त्वपूर्ण मिसिलसहित एक थान हतियार र मोबाइल चोरी गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटना आइतबार रातिको भए पनि चोरी भएकोबारेमा प्रहरीले सोमबार विहानमात्रै थाहा पाएको थियो । अदालत पसिरमा अगाडितिर प्रहरी पनि बस्दै आएको छ ।

प्रहरी सुरक्षा घेरामा रहेको अदालतभित्र पसेका चोरले अभिलेख शाखाबाट मुद्दाको मिसिलसहित कटुवा पेस्तोल र मोबाइल चोरी गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले बताए । 

“चोरी गर्ने व्यक्ति पहिलेदेखि नै मुद्दा शाखा र मिसिलबारे जानकार रहेको आशंका गरेका छौं”, उनले भने । चोरीमा संलग्न व्यक्तिको प्रहरीले खोजीकार्य गरिरहेको छ ।