सिराहाबाट पेस्तोल र नगदसहित तीन जना पक्राउ

सिराहाबाट पेस्तोल र नगदसहित तीन जना पक्राउ

जनकपुरधाम । सशस्त्र प्रहरीले सिराहाबाट पेस्तोल र नगदसहित तीन जनालाई पक्राउ गरेको छ ।

सोमबार साँझ सिराहाको लहान नगरपालिका-१ सिङ्गराहीमा सशस्त्रको टालीले चेकजाँच गर्ने क्रममा स९प ४९७१ यमहा सोलुटो मोटर साइकलमा सवार तीनजनालाई ९ एमएमको पेस्तोलसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा सप्तरीको सुरुङ्गा नगरपालिका-८ का ३२ वर्षीय अनिल राम, सुरुङ्गा-५ का ३० वर्षीय जिबान्नद चौधरी र सप्तरीकै खड्क नगरपालिका-४ का ३५ वर्षीय कासंजयप्रसाद चौधरी रहेको सशस्त्र प्रहरीका मधेश प्रदेश प्रमुख डिआजी दिपेन्द्र साहले जानकारी दिए ।

उनीहरूको साथबाट ९ एमएमको एउटा पेस्तोल,  एउटा म्याग्जिन, २ थान गोली, नगद एक लाख ८४ हजार २५३ रुपैयाँ, चार थान मोबाइल सेट र विभिन्न कम्पनीको ४ लाख ६४ हजार ५ सय मूल्य बराबरको रिचार्ज कार्ड बरामद भएको डिआइजी साहले बताए । यस बिषयमा थप अनुसन्धान भइरहेको छ ।