बैतडीबाट हाडनाता करणीमा संलग्न फरार प्रतिवादी पक्राउ

बैतडीबाट हाडनाता करणीमा संलग्न फरार प्रतिवादी पक्राउ

बैतडी । बैतडीबाट हाडनाता करणीमा संलग्न रहेकी फरार प्रतिवादी पक्राउ परेकी छिन् । हाडनाता करणी मुद्दामा सिगास गाउँपालिका–३ रक्सौन बस्ने ३० वर्षीया राजमती धामी शनिबार साँझ पक्राउ परेकी हुन् । 

जिल्ला अदालत बैतडीले धामीलाई २०७३ असार १८ गते १ वर्ष कैद सजाय तोकेपछि उनी फरार रहेकी थिइन् । 

प्रहरी चौकी गाँजरीबाट खटिएको प्रहरी टोलीले घर ठेगानमा फेला पारी धामीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए । 

उनलाई आजै अदालतमा पेश गर्ने तयारी भइरहेको उनले बताए ।