ओमानसँगको खेलमा टिकट बिक्री बापतको ५० प्रतिशत रकम भूकम्प पीडितलाई दिने क्यानको निर्णय

ओमानसँगको खेलमा टिकट बिक्री बापतको ५० प्रतिशत रकम भूकम्प पीडितलाई दिने क्यानको निर्णय

काठमाण्डौ । नेपाल क्रिकेट संघ क्यानले भोलि नेपाल र ओमानबीच हुने क्रिकेट प्रतियोगितामा टिकट बापत उठेको रकमको आधा रकम भूकम्प प्रभावितलाई दिने जनाएको छ ।

क्यानले आज विज्ञप्ति निकालेर भूकम्पका कारण ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै, विश्वकप छनोटको फाइनलमा भोलि ओमानसँग हुने खेलको टिकट बिक्री बापत हुने रकमको ५० प्रतिशत पीडितलाई सहयोग गर्ने घोषणा गरेको हो ।

भोलि हुने खेलको लागि टिकटको मूल्य साधारणतर्फ ३ सय ५० रुपैयाँ र भीभीआईपीतर्फ १० हजार रुपैयाँ तोकिएको छ ।