जाजरकोट भूकम्प: भारतीय प्रधानमन्त्री मोदीद्वारा दुःख व्यक्त

जाजरकोट भूकम्प: भारतीय प्रधानमन्त्री मोदीद्वारा दुःख व्यक्त

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार राति जाजरकोटमा गएको भूकम्पको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । उनले भारत नेपाली नागरिकको दुःखको बेला साथमा रहेको बताउँदै सहयोग गर्ने तयार रहेको पनि उल्लेख गरेका छन् ।  

प्रधानमन्त्री मोदीले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन् ।

‘नेपालमा गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख लागेको छ । भारत नेपाली जनतासँग ऐक्यबद्धतामा उभिएको छ । भारत हरसम्भव सहयोग गर्न तयार छ । शोकसन्तप्त परिवारलाई समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ,’ मोदीले ट्विटरमा भनेका छन् ।  

जाजरकोटको बारेकोट केन्द्रविन्दु भएर शुक्रबार राति ६.४ म्याग्निच्युडको भूकम्प जाँदा अहिलेसम्म जाजरकोट र रुकुम पश्चिममा गरी हाल सम्म १४४ जनाको मृत्यु भएको पुष्टि भएको छ ।