भारतमा सडक दुर्घटना परी पाँच जना नेपालीको मृत्यु

भारतमा सडक दुर्घटना परी पाँच जना नेपालीको मृत्यु

काठमाडौँ । भारतमा सडक दुर्घटना परी पाँच जना नेपालीको मृत्यु भएको छ । रोजगारीको सिलसिलामा भारतको कर्नाटक राज्यको गुलवर्गा जिल्लाअन्तर्गत अवजलपुरमा गएका सुर्खेत स्थायी घर भएका एकै परिवारका पाँच जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सुर्खेतको चौकुने गाउँपालिका७, अमलाटाकुराका अन्दाजी २७ वर्षीय रतन नेवार, उनकी श्रीमती २५ वर्षीय अस्मिता नेवार, उनका छोरा पाँच वर्षीय मिलन नेवार, अर्का छोरा दुई वर्षीय धड्कन नेवार र भाइ बुहारी सुस्मिता नेवार रहेका छन् ।

गोवा जाने मुख्य सडकमा ट्रकको ठक्करबाट गए राति उनीहरूको घटनास्थलमै मृत्यु भएको चौकुने गाउँपालिकाका अध्यक्ष खड्ग बिकले जानकारी दिए ।

अध्यक्ष विकका अनुसार बिरामी भएर अस्पतालमा रहेका दाजु भेटेर फर्किएको रतनको सपरिवार सवार मोटरसाइकललाई विपरीत दिशाबाट आएको ट्रकले ठक्कर दिएको थियो ।

उक्त मोटरसाइकल रतनले चलाएका थिए । मृतक नेवार परिवार विगत एक वर्षदेखि रोजगारीको सिलसिलामा भारतमा बस्दै आएका थियो ।