कञ्चनपुरमा लागूऔषधसहित एक जना पक्राउ

कञ्चनपुरमा लागूऔषधसहित एक जना पक्राउ

कञ्चनपुर । कञ्चनपुरमा लागूऔषधसहित एक जना पक्राउ परेका छन्।

जिल्लाको बेलौरी नगरपालिका-८ पचुई ईटाभट्टी नजिकबाट ५.७० ग्राम लागूऔषधसहित बेलौरी-६ का २९ वर्षीय जयराम राना पक्राउ परेका हुन्। 

बुधबार साँझ इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा रानाको साथबाट लागूऔषध फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।