किसानलाई गहुँ छर्ने चटारो

किसानलाई गहुँ छर्ने चटारो

बाजुरा । बाजुरा लगायत सुदूरपश्चिमका किसानलाई यतिबेला गहुँ छर्ने चटारो छ । नेपालीको महान् चाड दसैँ सकिएसँगै बाजुराका किसानलाई यतिबेला गहुँ छर्ने चटारो परेको हो ।

कात्तिकको पहिलो हप्तादेखि बाजुरामा गहुँ लगाउने समय भएकाले बिहान दिउँसो खेतबारीमा नै व्यवस्था भएको खप्तड छेडेदह गाउँपालिका –५ का नरेश रावतले बताए ।

उनले भने, “कात्तिकदेखि मङ्सिरसम्म गहुँ लगाइ सक्नुपर्छ । त्यो बेला गहुँ लगाएन भने ढिलो हुन्छ । त्यसैले अहिले बिहान दिउँसो खेतबारीमा नै व्यस्त हुनुपरेको छ ।”

बाजुराको हिमाली, जगनाथ, स्वामिकार्तिक, बुढीनन्दा, बडीमालिका, गौमुल, बुढीगङ्गा, छेडेदह र त्रिवेणीलगायतका अधिकांश स्थानीय निकायमा कात्तिकको पहिलो सातादेखि मङ्सिरसम्म गहुँ छर्ने गर्दछन् ।

बाजुराका अधिकांश केही ठाउँमा सिँचाइ हुनेगरेको भए पनि अधिकांश ठाउँमा आकाशे पानीको भरमा गहुँखेती लगाउने गर्दछन् । जिल्लामा दश हजार ४६० हेक्टर क्षेत्रफलमा गहुँ खेती गरिन्छ । यसमा १७ हजार ७८२ मे।टन गहुँ उत्पादन हुन्छ ।