दूरसञ्चार धनगढीबाट हेलमेट चोरी

दूरसञ्चार धनगढीबाट हेलमेट चोरी

धनगढी । दूरसञ्चार धनगढीबाट हेलमेट चोरी भएको छ ।

दूरसंञ्चार धनगढीको पार्किङ्ग स्थलबाट मंगलबार स्कुटरको हेलमेट चोरी भएको हो ।  

मंगलबार दिउँसोको समयमा दूरसञ्चारबाट एक जनाले आफ्नो पुरानो हेलमेट छोडेर दूरसञ्चारका कर्मचारी नरेन्द्रप्रसाद पन्तको स्कुटरको हेलमेट चोरी गरेको कर्मचारी नरेन्द्रप्रसाद पन्तले धनगढी खबरलाई जानकारी दिए ।
हेलमेट चोरी गरेको दृष्य सिसिटिभी फुटेजमा कैद भए पनि चोरी गर्ने ब्यक्ति भने भेटिएका छैनन् ।

(सिसिटिभीबाट कैद भएको हेलमेट चोरीको भिडियो धनगढी खबरसंग सुरक्षित छ)