धनगढीमा अझै खोपबाट बन्चित छन् बालबालिका

धनगढीमा अझै खोपबाट बन्चित छन् बालबालिका

धनगढी । धनगढीमा अझै पनि खोपबाट बालबालिका बन्चित रहेका छन् । बाल क्लब र किशोरीहरूको क्षमता अभिवृद्धिका लागि बाल विवाह र खोप सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रममा सहभागिले यस्तो बताएका हुन् ।

कतिपय अभिभावकले अझै पनि जनचेतनाको कमिले बालबालिकालाई खोपबाट बन्चित राखेका छन् । धनगढी उपमहानगरपालिका वडा नम्वर १ मै पनि बालबालिका खोपबाट बन्चित रहेको सक्षम छोरी अभियान कैलालीका अध्यक्ष कुशुम बिशीले बताइन् । उनले विशेष गरेर मुस्लिम समुदायले आफ्ना बालबालिकालाई खोप लगाउन नमान्ने गरेको बताइन् । पछिल्लो समयमै समुदायमै खोेप दिने कार्यक्रम आएपछि केही सहज भएको बताइन् ।

अझै पनि समाजमा बाल बिवाहको समस्या लगायत बालबालिका खोपबाट बन्चित हुुनुपर्ने अवस्था रहेको सहभागिले बताएका छन् । 

सुदूरपश्चिम प्रदेश किशोरी सञ्जालका संयोजक लक्ष्मी जोशीले अझै पनि सानै उमेरमा विवाह गर्नेकापे संख्यामा कमि नआएको बताइन् । जसले गर्दा किशोरीले मानसिक तथा स्वास्थ्यमा समस्यादेखि लिएर पारिवारीक र सामाजीक समस्या समेत भोग्नुपर्ने बताइन् । ‘पछिल्लो समय आफैँ विवाह गर्ने किशोर, किशोरीको संंस्या बढ्दै गएको छ उनले भनिन् बढ्दो सामाजीक सञ्जालको गलत प्रयोगले यस्तो समस्या देखिने गरेको छ ।,” केही समय यता घरबाट भन्दा पनि आफैँ उमेर नपुुगेर विवाह गर्नेको संख्या बढ्दो छ । 

सानैमा बच्चा जन्मीदा उनीहरुलाई जन्मदर्ता लगायत खोप लिनमा झन्झट बेहर्नुपर्ने देखिन्छ । यसले गर्दा कतिपयले बालबालिकालाई खोपबाट पनि बन्चित राख्ने गरेको उनको भनाई छ ।

सरकारले सन २०२६ सम्ममा नेपाललाई पुर्ण खोपयुक्त देश घोषणा गर्ने लक्ष्य राखेको छ । यस भन्दा अघि पुर्ण खोपयुक्त देश घोषणा गर्ने भनिएपनि विभिन्न प्रदेशमा अझै खोप लगाउन छुटेका बालबालिका भेटिदा यो लक्ष्य पुुरा हुन सकेन । 

भौगोलिक बिकटता, जनचेतनाको कमि लगयतका समस्याले पनि अझै धेरै बालबालिका खोपको पहुँचबाट बन्चित हुनुपरेको बास सुदूरपश्मिमा कार्यरत तेज बोहराले बताए । उनले घरदैलो कार्यक्रम तथा सूचना प्रवाह गरेर बाल विवाह न्युुनिकरण तथा खोपमा बालवालिको पहुँच बढाउन विभिन्न कार्यक्रमहरु ग्रिरहेको बताए ।

बास नेपाल केन्द्रिय कार्यलयमा कार्यरत हरि जोशीले बास नेपालले कर्णली र सुदूरपश्चिमका १० जिल्लामा सामाजिक व्यवहार परिवर्तन सम्वन्धी परियोजना अन्र्तगत काम गरिरहेको बताए । 

उनले अन्य प्रदेशको भन्दा कर्णाली र सुदूरपश्चिममा बाल विवाह दरलाई क मगर्न नसकएको बताए । यस्तै सुदूरपश्चिमको धनगढीमै पनि बालबालिका खोपबाट बन्चित हुनुु भनेको  घर परिवार लगायत सम्वन्धीत निकायले ध्यान दिन नसक्नु हरेको उनको बुुझई  छ । खोपबाट बन्चित हुँदा बालबालिकालाई कुपोषण, क्षयरोग, दादुरा, रुबेला जस्ता रोगहरु लाग्न सक्ने हुँदा जन्मेदेखि १५ महिना भित्र ७ ओटा खोप उनीहरुलाई लगाउनुपर्ने जोशीले बताए । यहि कुनै कारण बस छुटेका बालबालिका छन् भने ५९ महिना भित्रै त्यस्ता बालबालिकालाई खोप दिएर यि रोग लाग्न बाट बचाउन सकिने उनले बताए ।

सरकारले २० वर्ष पारी नै विवाह गर्ने कानुन बनाएपनि त्यसको कार्यान्वय भएको छैन् । कम उमेरमा बिवाह गर्दा बहुु बिवाह, सम्वन्ध बिच्छेद, हत्याहिंसा, आत्महत्या, आर्थिक समस्या लगायतका समस्या हुने गरेको उनले बताए । एक तथ्याङक अनुसार नेपालमा २० देखि २४ वर्ष उमेर समुहका किशोरकिशोरीहरुको  १८ वर्ष अगाडि नै विवाह हुने दर ३२.८ प्रतिशत रहेको छ । यो दर कर्णाली ४४ प्रतिशत र सुदूरपश्चिम ३५.६ प्रतिशत रहेको छ । नेपालमा बार्षिक रुपमा १३ हजार भन्दा बढी बालबालिका बाल विवाहको जोखिममा पर्ने गर्दछन् । राष्ट्रसंघिय कोष युएनएफपिएका अनुसार ग्रामिण क्षेत्रमा बस्ने ४३ प्रतिशत र शहरमा बस्ने २७ प्रतिशत महिला १८ वर्ष नप’दै बच्चा जन्माउनछन् । सोही तथ्याङक अनुसार बिश्वका ८२ देशमा गरिएको अध्ययन अनुसार बालबाविाह गर्नेमा नेपाल १० औँ स्थानमा रहेको छ । ५५.९ प्रतिशत पुरुष बालविवाह र ६३ प्रतिशत महिला बालविवाह गराउनुमा अभिभावकको भूमिका बढी देखिन्छ ।

कार्यक्रममा कम उमेरमा बिवाह गर्दाका समस्या र चुनौती र बालिबालिकालाई खोपको पहुँचमा पुु¥याउन गर्नुपर्ने भूमिकाका बिषयमा छलफल भएको हो । बागेश्वरी असल शासन ९बास०को आयोजनामा भएको  कार्यक्रम युनीसेफको सहयोग र धनगढी उपमहानगरपालिकाको सहकार्यमा सम्पन्न भएको हो । कार्यक्रमको सहजीकरण बास सुदूरपश्चिममा कार्यरत तेज बोहरा र बास केन्द्रिय कार्यलयमा कार्यरत हरि जोशीले गरेका हुन् ।