टी-२० विश्वकप छनोट खेल्ने नेपाली टोलीको घोषणा

टी-२० विश्वकप छनोट खेल्ने नेपाली टोलीको घोषणा

काठमाडौँ । सोमबारदेखि सुरु हुन लागेको टी–२० विश्वकप एसिया क्षेत्र छनोट प्रतियोगिताका लागि नेपाली क्रिकेट टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।

टिममा पूर्वकप्तान सन्दीप लामिछाने फर्किएका छन् । उनले शुक्रबार सम्पन्न त्रिकोणात्मक टी–२० सिरिज खेलेका थिएनन् । सन्दीपले सिरिज सुरु हुनुभन्दा केही दिनअघि व्यक्तिगत कारण टिमबाट नाम फिर्ता लिएका थिए ।      

त्रिकोणात्मक सिरिजमा टोलीमा रहेका लोकेश बम, सूर्य तामाङ, सागर ढकाल र श्याम ढकाल भने भने टिमबाट बाहिरिएका छन् । विश्वकप छनोटमा नेपालले पहिलो खेल सोमबार सिंगापुरविरुद्ध खेल्ने तालिका छ । 

विश्वकप छनोटका लागि नेपालको टिम :

रोहितकुमार पौडेल (कप्तान), आसिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुल्शन झा, विनोद भण्डारी, सोमपाल कामी, करण केसी, अविनाश बोहरा, प्रतीश जिसी, विवेककुमार यादव, सन्दीप लामिछाने र ललितनारायण राजवंशी ।