अपिहिमालमा वडा स्तरीय पुरुष टि–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु

अपिहिमालमा वडा स्तरीय पुरुष टि–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु

धनगढी । दार्चुलाको अपिहिमाल गाउँपालिकामा आजबाट वडा स्तरीय पुरुष टि–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । 

अपिहिमाल गाउँपालिकाको आयोजनामा तथा गाउँपालिका खेलकुद विकास समितीको सहजिकरणमा वडा स्तरीय प्रथम अध्यक्ष पुरुष टि–ट्वान्टी क्रिकेट प्रतियोगिता आजबाट सुरु भएको हो ।

 प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टिमले ७५ हजार ५५५ नगद, मेडल प्रमाणपत्र तथा ट्रफी प्राप्त गर्ने बताइएको छ  । द्धितिय स्थान हासिल गर्ने टिमले नगद ५० हजार ५५५ रुपैया मेडल प्रमाणपत्र तथा ट्रफी प्राप्त गर्ने आयोजकले जनाएको छ । खेल गाउँपालिकाको सम्तेली खेल मैदानमा भईरहेको अपि हिमाल खेलकुद विकास समिति सदस्य भकत सिह धामीले जानकारी दिए ।

प्रतियोगितामा प्लेयर अफ दी टुर्नामेन्टले ५ हजार (मेडल तथा ट्रफी) , बेष्ट बलर, ब्याटर, इर्मजिङ प्लेयर २५ सय (मेडल तथा ट्रफी)   म्यान अफ दी म्याच ५ सय नगद तथा ट्रफी मेडल प्राप्त गर्ने र पुरस्कारमा रितपुर्वक करकट्टी हुने समेत जनाइएको छ । खेल टि–ट्वान्टी फरम्याट लिगकम नकआउटका आधारमा भईरहेको छ । 

यस अघिको सुचनामा आयोजना गर्ने भनेको अन्तर पालिका स्तरीय क्रिकेट प्रतियोगितामा अरु पालिकाबाट टिम दर्ता हुन नसके पछि पालिकाले वडा स्तरिय क्रिकेट प्रतियोगिताको आयोजना गरेको हो ।